काठमाडौँ, २६ पुस : प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।
मनोनीत केन्द्रीय सदस्यमा ईश्वरी काफ्ले, रामकृष्ण ज्ञवाली, प्रकाश सिलवाल, शन्तराम विडारी, डिल्ली आचार्य, खगेन्द्र अधिकारी, दिलबहादुर छन्त्याल, तिलक रिमाल, वसन्ती बास्तोला, भवानी कार्की, सतिदेवी उप्रेती, श्यामकृष्ण दाहाल, गणेश ज्ञवाली, उर्वसी बस्नेत, सङ्गीता आचार्य, कमला पन्थी, कालिका शिवाकोटी, श्रीधर पौडेल, लक्ष्मण तिवारी, सम्झना वन, काशी रिजाल, शङ्कर पाण्डे, भोजराज विश्वकर्मा, मालती केसी, सुनिता महतो, चिवच्छ चौधरी, सम्झना गौतम, धर्मेन्द्र दाहाल, अप्सरा गौतम, पार्वता चौधरी, नरेश शाही र सलिम मियाँ हुनुहुन्छ ।
महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । चौतारीको हालैको बैठकले सङ्गठनका जिल्ला अधिवेशन आगामी माघ २५ गतेभित्र र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र गरिसक्ने निर्णय भएको चौतारीले जनाएको छ ।
बैठकले सङ्गठनको स्थापना दिवसका दिन प्रदान हुँदै आएको हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको छ । महिला पत्रकारलाई प्रदान गर्नेगरी यसैवर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न बैठकले सङ्गठनका उपाध्यक्ष देवीका घर्तीमगरको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन भएको छ ।
मनोनीत सदस्यहरू यसप्रकार छन्-
१. ईश्वरी काफ्ले, प्रतिष्ठान
२. रामकृष्ण ज्ञवाली, कास्की
३. शान्तराम बिडारी, काठमाडौं
४. खगेन्द्र अधिकारी, ताप्लेजुङ
५. प्रकाश सिलवाल, प्रतिष्ठान
६. डिल्ली आचार्य, ललितपुर
७. गणेश ज्ञवाली, गुल्मी
८. दिलबहादुर छत्याल, कैलाली
९. उर्बसी बस्नेत, प्रतिष्ठान
१०. संगीता आचार्य, चितवन
११. कमला पन्थी, ललितपुर
१२. वसन्ती बाँस्तोला, तनहुँ
१३. श्यामकृष्ण दाहाल, भोजपुर
१४. श्रीधर पौडेल, एशोसियट
१५. लक्ष्मण तिवारी, कञ्चनपुर
१६. कालिका शिवाकोटी, प्रतिष्ठान
१७. सम्झना बन, काठमाडौं
१८. भवानी कार्की, दोलखा
१९. काशी रिजाल, मकवानपुर
२०. शंकर पाण्डे, रुपन्देही
२१. भोजराज बिश्वकर्मा, प्रतिष्ठान
२२. मालती केसी, सुर्खेत
२३. तिलक रिमाल, चितवन
२४. सुनीता महतो, महोत्तरी
२५. जीवनाथ शिवाकोटी प्रतिष्ठान
२६. सम्झना गौतम, प्रतिष्ठान
२७. सतीदेवी उप्रेती, काठमाडौं
२८. धर्मेन्द्र दाहाल, मकवानपुर
२९. अप्सरा गौतम, काठमाडौं
३०. पार्बता चौधरी, ललितपुर
३१. नरेश शाही, अछाम
३२ सलिम मियाँ अन्सारी, प्यूठान
३३. जिबच्छ चौधरी, सिरहा
३४. रुपेश आचार्य
३६. रमेश ऐडी, हुम्ला
३७. अर्जुन क्षेत्री
३८. रामहरि ओझा डोटी
आयोग लेखा
१. श्याम घिमिरे अर्घाखाँची
२. समर रोकाया, कालिकोट
३. अनुज अधिकारी, लमजुङ
अनुशासन आयोग
१. रामचन्द्र नेपाल, सिन्धुपाल्चोक
२. उज्जल अधिकारी, हेटौडा