अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेपछिका दिनमा उसले शान्ति चाहेको बताए पनि धेरै उसको क्रुरतापूर्ण विगत देखेर त्रसित छन् ।
यसैबीचमा अफगानिस्तान मुलकी हलिउड अभिनेत्री अजिता गनीजादाले लगातार निर्दोष जनताहरूका लागि आवाज उठाइरहेकी छन् । र, उनले तालिबानका विभिन्न क्रियाकलापहरू पनि बाहिर ल्याउन थालेकी छन् ।
तर, तालिबानका लडाकुहरुलाई अभिनेत्रीले वकालत गरेको मन पराएनन् । उनीहरूले अभिनेत्री अजितालाई धम्की दिन थालेका छन् ।
अभिनेत्री अजिताले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि प्रश्न गरेकी थिइन् । उनले अफगानीस्तानका जनताका लागि बाइडेनसँग न्यायसमेत मागेकी छन् ।
उनले तालिबानका झुठको पर्दाफास गर्दै आएकी छन् । उनले आफ्ना पूराना फोटो र भिडियो शेयर गर्दै लेखेकी छन्, ‘हरेक मिनेटमा चीज बदलिन्छ । मलाई तालिबानका म्यासेज आइरहेका छन् । ‘डियर गर्ल चिन्ता नगर्नू, प्रोपोगान्डा फैलाउन बन्द गर ।’