भदौ ४, २०७८ शुक्रबार

सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभिनेत्री प्रियंका पण्डितको भिडियो लिक भएको छ । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा पण्डितको भिडियो पनि लिक भएको हो । 

प्रियंका पण्डितले भने भिडियामा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन् । उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन् । उनको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको छ । सामाजिक सञ्जालमा उनका ५ लाखभन्दा बढी फलोअर्स छन् । उनले ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरेकी छिन् ।