भदौ ४, २०७८ शुक्रबार

आजभन्दा 12 वर्षअघि राम पोख्रेल केही गर्नुपर्छ भन्ने लाग्यो । काठमाडौंको कालिमाटीकाे महेन्द्र शालिक नजिकै उनले सानो सटरमा सेकुवा बेच्न सुरु गरे । देशभर 'ब्रान्ड' बनेको कालिमाटी सेकुवा' कर्नर एण्ड फेमिली रेस्टुरेन्ट अहिले आएर मान्छेको भिड भएकोले धेरै क्षेत्रफल भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड गेट नजिकै खाली जग्गा सहित घर लिएर थप सुबिधा बिस्तार गरेका छन।

काठमाडौंकाे धेरै टाढाबाट पनि सेकुवा खान आउनेकाे भिड हुन्छ शाखा विस्तार गर्न तयारीमा छन उनी उनलाई अहिले उनको यो कालिमाटी सेकुवा नामबाट लैजानकाे विभिन्न जिल्लाबाट माग आइरहेको छ । उनले अब सबै जिल्लामा शाखाबाट सेवा दिने मनसाय रहेको बताए । अहिले कालिमाटी सेकुवा भनेपछि खानाका सामान्य पारखीदेखि सोखिनहरूका लागि जिब्रोमा झुन्डिएको स्वादका रूपमा लिइन्छ ।

पाहुनाको माग र रुचिलाई ध्यानमा राखेर कालिमाटी सेकुवाले आफ्नो शुद्धता लाई जहिले पनि ध्यान दिएको प्रमुख व्यवस्थापक रामु पोख्रेल बताउँछन् सबै रेस्टुरेन्टमा पाइने परिकारको स्वादमा समानता छ, यही हाम्रो विशेषता हो', व्यवस्थापक पोख्रेल भने, ' सेकुवामा प्रयोग हुने मसला र बाबारी जातको खसी यसको विशेषता हो ।

त्यही भएर पनि स्वादमा एकरूपता भएको फ्रेन्चाइज र कालिमाटी सेकुवामा पस्नेले नछुटाई खाने परिकार सेकुवा, ह्याकुला साँधेको, तारेको, सेकुवा सिजलगर हुन् । टाउकोमा आँखा, जिब्रो पोलेको, कान, गिदी आदि हुन् । कालिमाटी सेकुवामा पसेपछि सम्पूर्ण नेपाली स्न्याक्स पाउन सकिन्छ', उनलेे भने । नेपाली खाना, भुटन, ह्याकुला, फिला, फोक्सो, चस्ता खुब रुचाइनेमध्ये पर्छन् ।शाकाहारीका लागि पनि कालिमाटी सेकुवाले छुट्टै व्यवस्था गरेको छ ।

पनिर, मसरुम, क्याप्सिकम, विन्स, क्यारोज, काउली फ्लावरबाट बनेको सेकुवाको स्वाद कालिमाटी सेकुवाले शाकाहारीका लागि पस्कने गरेको रामले बताए । उसो त पनिर पकौडा, भेज पकौडा, स्पेसल आलु, जीरा आलु, असारे आलु र मुलाको अचार निकै रुचाइने स्वादमा पर्छ । भेज खाजा सेटमा आलुतामाको सुप र ननभेज खाजा सेटमा खसीको हड्डीको सुप प्रख्यात छ ।

उनले आफ्नो रेस्टुरेन्टकाे मुख्य बिशेषता भनेको अपरेटिङ प्रोसिड्युर (एसओपी) यसले गर्दा हामीले स्वाद र क्वालिटीमा एकरूपता दिन सकेका छौं । बेलाबेलामा गुणस्तर र परिणामका विषयमा पनि अडिड भइरहने उनले बताए ।

आफूहरूको ब्रान्डमासमस्या नहोस् भनेर कहिलेकाहीँ किचेनमा पठाएर रहस्यमय क्वालिटी जाँच पनि गरिने एवम् विभिन्न परिवारिक भेटघाट तथा सेमिनार बैठक एवम् थप सुविधा रहेको बताए ।

पछिल्लो समय रोजगारीको वा शिक्षाको लागि विदेश जाने युवाहरूको सङ्ख्या बढ्दो छ यसरी युवा संघ केन्द्रीय सदस्य समेत रहेका राम पोख्रेल भन्छन् "नेपाल मै सबै कुरा छ र नेपाल मै सबै विकास गर्न सकिन्छ तर यसबारे सरकारले ठाेस निति ल्याउनुपर्छ "र अहिले सबैभन्दा बढी सरकारको अपहेलित हाेटल रेस्टुरेन्ट पक्ष बढि भएको बताउँछन् ५० भन्दा बढिलाई रोजगार दिएकाे बताए ।