माघ २३, २०८१ बुधबार

काठमाडौँ, २३ माघ : बुढानीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरी सामूहिक रुपमा ल्होछार÷ल्होसार पर्व मनाउने भएको छ । 

सो नगरपालिकाले आज प्रेस विज्ञप्ति जारी गरी तमु, सोनाम र ग्याल्पो ल्होछार/ल्होसार सबैलाई समेटेर यही माघ २६ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । सो कार्यक्रमका लागि  ल्होछार/ल्होसार मान्ने समुदायलाई समेटी सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ । 

    कार्यक्रममा नगरपालिकाभित्र बसोबास गर्ने विविध जाति, जनजाति (विशेषगरी तामाङ, गुरुङ, शेर्पा, भोटे) तथा विभिन्न समुदायको भेषभूषा, एवं सांस्कृतिक झाँकी, नृत्य तथा साङ्गितिक प्रदर्शनी गरिने जनाइएको छ । 

    ज्येष्ठ नागरिक पार्क, गोल्फुटार, बुढानीलकण्ठ–८ को कार्यालय नजिकै हुने उक्त कार्यक्रमस्थलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म परम्परागत खानाका परिकार, मौलिक वस्तु, पहिरन आदिको स्टल राखिने आयोजकले जानकारी दिएको छ ।