माघ २८, २०८१ सोमबार

काठमाडौँ, २८ माघः चन्द्रागिरि नगरपालिका , न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयहरुलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ । पुस्तकभित्र समितिले विसं २०७५ देखि २०८१/८२को पुस मसान्तसम्म गरेका निर्णयलाई  सङ्ग्रहित गरिएको छ । 

    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आइतबार आयोजित कार्यक्रममा पुस्तकको सार्वजनिक गर्नुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले पुस्तकले असल अभ्यासका बारेमा जानकारी लिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।