फागुन १, २०८१ बिहिबार

खोटाङ, १ फागुन: नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित हुनुभएको छ । पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सक्नुभएका अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका सभापति निर्वाचित हुनुभएको हो । 

१२ औँ जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ भएको निर्वाचनमा जोशीले ८१ मत ल्याएर विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गर्नुभएको छ ।  यस्तै, महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी हुनुभएको छ । आचार्यले ७० मत तथा बस्नेतले ४५ प्राप्त गर्नुभएको छ  ।

समितिको मन्त्रीमा छत्रकुमार बजिमय, कोषाध्यक्षमा लीलाबहादुर खत्री, उपकोषाध्यक्ष अशोक आचार्य,  उपमन्त्रीमा कृष्णप्रसाद अधिकारी  विजयी हुनुभएको छ । तीनजना महिला सदस्यमा जोशी इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी हुनुभएको छ । यस्तै, सदस्यमा गोपाल राई, पुस्विन खत्री र किशोर श्रेष्ठ, रामचन्द्र केसी, कर्णबहादुर बस्नेत र यामबहादुर निरौला विजयी हुनुभएको छ ।