काठमाडौँ, १ फागुन : सशस्त्र प्रहरी बलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट आज ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
एपिएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकलसमेत बरामद गरेको छ ।