फागुन ४, २०८१ आइतबार

    पलनाडु (आन्ध्र प्रदेश),४ फागुन: भारतको पल्नाडु जिल्लाको राजुपालम मण्डलमा ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।     
     
मृत्यु हुनेमा शेख नाजिमा (५०), शेख नुरउल्लाह (२६) र शेख हबिबुल्लाह (२४) रहेका छन् ।     
     
सत्तेनपल्ली ग्रामीण वृत्तका निरीक्षक सुब्बारावले घटनाको पुष्टि गर्दै विपरित दिशाबाट आएको ट्याङ्कर डिभाइडर नाघेर भित्र रहेका यात्रुसहितको कारसँग ठोक्किएको बताउनुभयो ।     
     
अधिकारीले भन्नुभयो,“कार हैदरावादबाट प्रकाशम जिल्लाको मद्दिपाडु जाँदै थियो । दुर्घटना बिहानै भएको थियो । कारमा सवार तीन यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।”     
     
यसअघि शनिबार आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा ३५ विद्यार्थी बोकेको बस पल्टिँदा पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार बस आन्ध्र प्रदेशको मन्डासा र उमागिरी बीचको पोखरीमा पल्टिएको थियो ।     
     
घाइते विद्यार्थीलाई उपचारका लागि मण्डासा अस्पताल लगिएको छ । मण्डासाका प्रहरी नायब निरीक्षक कृष्णप्रसादले दुर्घटनाको मुद्दा दर्ता भएको पुष्टि गर्नुभयो । पोखरीबाट बस निकालिएको छ ।