फागुन २२, २०८१ बिहिबार

काठमाडौँ, २२ फागुन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र सङ्घले गर्ने भएकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

    आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलका क्रममा अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारको जिम्मेवारी तथा भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनामा केन्द्रित हुन आग्रह गर्नुभएको हो । उहाँले सङ्घीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घले गर्न जरुरी नरहेको उल्लेख गर्नुभयो ।

    अर्थमन्त्री पौडेलले प्रदेश तथा स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दा मात्र सङ्घीयताको अभ्यास बलियो हुने बताउनुभयो । त्यस्तै तयारी अवस्थामा रहेका आयोजनाको कार्यान्वयन र आगामी दिनमा आवश्यक पर्ने महत्वपूर्ण आयोजनाको तयारीमा ध्यान पु¥याउन पनि उहाँले  अनुरोध गर्नुभयो । 

    अहिलेको संसदबाट योभन्दा बलियो सरकार बन्ने सम्भावना नहरेको उल्लेख गर्दै अर्थमन्त्री पौडेले यो सरकारले सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहनाअनुसार नयाँ बजेट बनाउने बताउनुभयो ।