गायक बिन्ती कुमार गुरुङको "चोखो माया" बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारिएको गीतमा उनलाई सुमधुर स्वरकी धनी चर्चित गयिका अञ्जु पन्तले स्वरमा साथ दिएकी छिन ।
गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी एक कार्यक्रमका बीच सो भिडियो सार्वजनिक गरिएको हो ।
रोदी घरमा नाच्दै गौँउदै हुर्किएका, गुरुङ समाजमा जन्मिएका गायक बिन्ती कुमार गुरुङ अहिले परदेशमा छन । परदेशमा रहेर पनि नेपाल र नेपाली गीत संगीत अझै भुलेका छैनन, गीत संगीतप्रतिको मोह घटेको छैन ।
“आज परदेशमा छु तर नेपाली गीत संगीतको माया र मोह भने अझै मेरो नसा नसामा कुदिरहेको छ । कति खेर समय मिल्ला र नयाँ नयाँ गीत संगीतहरु दर्शकश्रोता माझ पस्किउ भन्ने हतार भईरहन्छ”, गायक गुरुङले तेजनेपाललाई बताए ।
गीतमा लहङ सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ रहेको छ ।
रोमान्टिक शैलीको गीतको भिडियोमा अहिलेकी चर्चित तथा युवाहरुको मन मुटुमा राज गर्न सफल नायिका नम्रता सापकोटा तथा ह्यान्ड्सम मोडेल कमल सिंहको अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ ।
ज्यास्मिन कृयशनको प्रस्तुति रहेको भिडियोलाई लामो समयदेखि भिडियो निर्देशन गरिरहेका निर्देशक र्यान कार्कीले निर्देशन गरेका छन भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ ।
भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ्ग, पोष्टर डिजाईनिङ रहेको छ ।
भिडियोलाई गायक बिन्ती कुमार गुरुङको आफ्नै होम प्रोडक्सनको अफिसियल युट्युब च्यानल ज्यास्मिन कृयशन मार्फत सार्वजनिक गरिएको छ ।