फागुन २२, २०८१ बिहिबार

कृष्णनगर (कपिलवस्तु), २२ फागुनः कपिलवस्तुको शिवराज नगरपालिका–६ का स्थानीयवासीलाई लामखुट्टेको टोकाइबाट बचाउन झुल वितरण गरिएको छ ।

वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा पाँच सय पाँच जनालाई झुल वितरण गरिएको वडाध्यक्ष माहेताब आलम खाले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्ध, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा गर्भवतीलाई प्राथमिकता दिई झुल वितरण गरिएको हो ।

अध्यक्ष खाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । “डेङ्गी, मलेरिया तथा लामखुट्टेबाट सर्ने अन्य रोगबाट बच्न झुल उपयोगी भएकाले झुल वितरण गरिएको उहाँको भनाइ  छ । वडा सचिव रामप्रसाद चौधरीले झुल वितरणले स्थानीयको स्वास्थ्य सुधारमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
–––