फागुन २२, २०८१ बिहिबार

मङ्गलबारे (इलाम), २२ फागुनः नेपाल पुलिसविरुद्ध कठिन जित निकाल्दै एपीएफ इलाममा जारी दोस्रो अन्तरराष्ट्रिय आमन्त्रित महिला गोल्ड कपको फाइनलमा पुगेको छ । 

आज भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फाइनल पुगेको हो । खेलको ३६आँै मिनेटमा अनिता केसीको पासलाई रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् । 

प्लेयर अफ द म्याच एपीएफकी अनिता बस्नेत घोषित भइन् । उनले नगद रु पाँच हजार र ट्रफी प्राप्त गरिन् । यही फागुन २४ गते हुने फाइनलमा आर्मी र एपीएफबीच हुनेछ ।