चैत १, २०८१ शुक्रबार

काठमाडौँ, १ चैतः युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज हङकङविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ । 

    युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा हङकङले टस जितेर पहिल ब्याटिङ गर्ने निर्णाय लियो । जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले एकमा मात्रै जित निकालेको छ । 

    यसअघि नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो भने हङकङसँग दुई रनले पराजित भएको थियो । त्यसैगरी नेपाललले युगान्डालाई पहिलो खेलमा एक विकेटले हराएको थियो भने अर्को  खेलमा ४१ रनले पराजित भएको थियो ।