चैत १, २०८१ शुक्रबार

काठमाडौँ, १ चैत :वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीसँग संयुक्त अधिराज्यका माथिल्लो सदनका सदस्य  लर्ड काम्योज भेटवार्ता गर्नुभएको छ । बेलायतको राजधानी लन्डनमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

    वनमन्त्री ठकुरी ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रिस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको होे । भ्रमणका क्रममा मन्त्री ठकुरी बिहीबार साँझ बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको थियो ।