चैत ८, २०८१ शुक्रबार

गोदावरी (कैलाली), ८ चैतः वर्षायाममा कान्द्रा नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गरेपछि रु पाँच  करोडको लागतमा प्रारम्भ भएको तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । 

जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार नदी किनारका विभिन्न खण्डमा ८३० मिटर तटबन्ध  र पाँच वटा स्पर निर्माण अन्तिम चरणमा पुगेको हो । 

भजनी नगरपालिका–९ काँडामा २१६, वडा नं ४ धनौरामा २१६ र वडा नं ४ धनौरामा २१६ मिटर तटबन्धको काम अन्तिम चरणमा पुगेको उक्त कार्यालयका सूचना अधिकारी टेकराज विनाडीले बताउनुभयो ।  

यसैगरी, गौरीगङ्गा नगरपालिका–९ मा १२२ मिटर, घोडाघोडी नगरपालिका–११ को सिसैयामा ६० मिटर तटबन्धको काम सम्पन्न भएको छ । सो वडाको वडा नं ११ मा तीन र १२ मा दुई गरी पाँच वटा स्पर निर्माण सम्पन्न भएको छ । तटबन्धनपछि उर्बर भूमि संरक्षाण हुनका साथै नदी किनाराका बस्ती जोखिमयुक्त हुनेछन् ।