चैत ९, २०८१ शनिबार

ललितपुर, ९ चैतः  सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले आज ललितपुरमा महिला ‘हाफ  म्याराथन’ आयोजना गरियो । 


स्तनक्यान्सरबारे सचेत गराउने मुख्य लक्ष्यका साथ आयोजित प्रतियोगितात्मक हाफ म्याराथनमा सुनसरी रोकायाले उपाधि चुम्नुभएको छ । 

यसैगरी, १० किलोमिटर दौडको उपाधि निशा शार्की, पाँच किलोमिटरमा सरस्वती भट्टराई र तीन किलोमिटरको उपाधि सम्झना राईले हात पार्नुभएको  छ । 

    हाफ म्याराथनमा  पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो हुनुभएको छ । दश किलोमिटर दौडमा आशा रावत दोस्रो र सुमित्रा चौधरी तेस्रो हुनुभएको छ । पाँच किलोमिटरमा अनुश्रिया तण्डुकार दोस्रो तथा ममिता धामी तेस्रो हुनुभएको हो । तीन किलोमिटर दौडतर्फ गायत्री श्रेष्ठ दोस्रो तथा शुपृता थापा तेस्रो हुनुभयो । दौडमा बालिकादेखि वृद्धासम्मको सहभागिता थियो । प्रतियोगिता लेजर पोर्ट नेपालले आयोजना गरेको हो ।