रियालिटी शो कमेडी च्याम्पियनबाट चम्किएका हास्य कलाकार खड्गबहादुर पुन मगर (खबपु) दुर्घटनामा परेका छन् ।
उनको स्कुटर हिजो (बिहीबार) साँझ दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाबाट घाइते पुनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
उनको अनुहारसहित शरीरमा सामान्य चोट लागेको छ । रोल्पाका खबपु अघिल्लो सिजनको कमेडी च्याम्पियनका उप(विजेता हुन् ।