काठमाडौँ, १२ चैत : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।
आज मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । भेटमा मन्त्री दाहालले राजदूत तोरुलाई नेपालको राजदूतको कार्यभार सम्हाल्नु भएकामा बधाई ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा दुवै मुलुकबाट विगतमा भएका उच्चस्तरका भ्रमणहरूको स्मरण गरिनुका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।