चैत १५, २०८१ शुक्रबार

काठमाडौँ, १५ चैतः नेपाल पत्रकार महासङ्घको ७०औँ स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा शिविर महासङ्घको केन्द्रीय कार्यालयमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ कार्यक्रम सञ्चालन पनि गरिनेछ । स्वास्थ्य शिविर आगामी शनिबार बिहान ९ बजेदेखि १ बजेसम्म महासङ्घको केन्द्रीय कार्यालयमा हुनेछ । शिविरमा बिएमआइ (बडी मास इन्डेक्स), उच्च रक्तचाप मापन, मधुमेह जाँच, मिर्गाैलासम्बन्धी जाँच, पाठेघरको मुखको स्क्रिनिङलगायत परीक्षण हुनेछन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्थापना दिवसका अवसरमा महासङ्घसँग सहकार्य गर्दै केन्द्र र उपत्यका बाहिरका जिल्लामा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो ।