चैत १५, २०८१ शुक्रबार

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाको बैठक यही चैत १७ गते ११ः१५ मा बस्ने भएको छ ।  दिउँसो १ बजेर १५ मिनेटको समयमा तोकिएको बैठक ढिला गरी सुरु भएको थियो । बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलको अवरोधपछि आज  अपराह्न ३ः३० बजे बस्ने गरी सूचनाद्वारा निर्धारण गरिएको थियो । 

    सोही समयमा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक सरेको सूचना जारी गरेको हो । सूचनामा भनियको छ, “राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ साल चैत १७ गते आइतबार बिहान ११ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”