चैत २३, २०८१ शनिबार

महेन्द्रनगर (धनुषा), २३ चैत : मधेश–प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले लामो समयदेखि नपाएको तलब सुविधा तुरुन्त भुक्तानी गर्न निर्देशन दिनुभएको भएको छ ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिँदै सङ्घ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेकाले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न निर्देशन दिनुभएको हो । 

साथै, उहाँले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तलब भुक्तानीमा ढिलाइ हुननदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन भन्नुभएको छ ।
 
मुख्यमन्त्रीको प्रतिबद्धताअनुसार अब करार स्वास्थ्यकर्मीको तलब समस्या समाधान हुने निश्चित भएकाले कार्यरत कर्मचारीलाई नियमित रूपमा सेवामा खटिन आग्रह गरिएको छ ।

नेपाल चिकित्सक सङ्घ, मधेश–प्रदेश समितिले करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधानका लागि गरेको पहलप्रति मुख्यमन्त्रीलाई धन्यवाद व्यक्त गरिएको छ ।