बैशाख १५, २०८२ सोमबार

काठमाडौँ, १५ वैशाख : आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ ।

    आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर  एक हजार ९७० कायम भएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।