बैशाख १७, २०८२ बुधबार

    बेइजिङ, १७ वैशाख: तीन चिनियाँ अन्तरिक्षयात्री बुधबार देशको अन्तरिक्ष स्टेसनमा छ महिना बिताएपछि पृथ्वीमा फर्किएको सरकारी मिडिया फुटेजले देखाएको छ । चीन आफूलाई एक प्रमुख अन्तरिक्ष शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ ।     
     
 बेइजिङले हालैका वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रममा अर्बौं डलर खर्च गरेको छ र सन् २०३० सम्ममा चन्द्रमामा चालक दल मिसन उडान गर्ने र अन्ततः चन्द्रमाको सतहमा आधार निर्माण गर्ने लक्ष्य राखेको छ ।     
     
 यसको पछिल्लो प्रक्षेपणले गत हप्ता तीन अन्तरिक्ष यात्रीलाई टियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पुर्याएको थियो, जसले शेनझाउ–२० मिशनको सुरुआत गरेको छ ।     
     
 उनीहरूले शेनझाउ–१९ चालक दलका चाई सुझे, सोङ लिङडोङ र वाङ हाओजेको स्थान लिएका छन्, जसको ल्यान्डिङ क्याप्सुल बुधबार उत्तरी इनर मङ्गोलिया क्षेत्रमा अवतरण गरेको थियो ।     
     
 राज्य प्रसारक सिसिटिभीका तस्बिरहरूले क्याप्सुल रातो र सेतो धारीदार प्यारासुटमा जोडिएको क्याप्सुल खैरो मरुभूमिको धुलोको बादलमा छुनुअघि नीलो आकाशबाट तल झरेको देखाएको छ ।     
  यसका यात्रीहरूले अक्टोबरदेखि अन्तरिक्ष स्टेसनमा काम गरेका थिए । त्यहाँ उनीहरूले प्रयोगहरू गरे र सबैभन्दा लामो अन्तरिक्ष हिँडाइको नयाँ रेकर्ड कायम गरे ।     
     
 चिनियाँ अधिकारीहरूका अनुसार चालक दल मङ्गलबार फर्कने कार्यक्रम थियो तर अवतरण स्थलमा खराब मौसमका कारण मिसन स्थगित गरिएको थियो ।     
     
 चिनियाँ म्यान्ड स्पेस एजेन्सी (सिएमएसए) का अनुसार प्रक्षेपणको समयमा ३५ वर्षीया वाङ चीनको एक मात्र महिला स्पेसफ्लाइट इन्जिनियर हुनुहुन्थ्यो ।     
     
 पूर्व वायुसेना पाइलट ४८ वर्षीय कमान्डर चाईले यसअघि सन् २०२२ मा शेनझाउ–१४ मिशनको हिस्साको रूपमा टियाङ्गोङगमा सेवा गरिसक्नुभएको छ ।     
     
 चौँतिस वर्षीय पूर्व वायुसेना पाइलट सोङले चीनमा लोकप्रिय रूपमा ‘टाइकोनट्स’ भनिने अन्तरिक्षयात्रीहरूको समूह पूरा गर्नुभयो ।