बैशाख २४, २०८२ बुधबार

गण्डकी, २४ वैशाखः कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ ।

 सोह्र हजार जनसङ्ख्या रहेको उक्त पालिकामा सङ्घ र प्रदेशका साथै  अन्य सामाजिक सङ्घसंस्थाको सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो । 

गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ । पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएका उहाँले बताउनुभयो ।