अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवाका नौ जना महिलालाई नवरत्न पुरस्कारबाट पुरस्कृत गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको छ ।
आयोजकले अभिनयतर्फ अभिनेत्री गौरी मल्ललाई सम्मानित गरिएको छ । यस्तै, साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल निशा’, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित गरेको छ । यसैगरी गायनमा सपना श्रीलाई पुरस्कृत गरिएको छ । पत्रकारिता तर्फबाट विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गरेको छ ।
सन २०१४ मा अनेसासका तत्कालीन अध्यक्ष गीता खत्रीको पहलमा स्थापना भएको यो पुरस्कार चयन समितिमा यसपटक लीला लुइटेल, पुनम काफ्ले र विमला निरौला रहेका थिए । प्रत्येक दुई वर्षमा दिइने यो पुरस्कारको राशी प्रतिव्यक्ति २ सय अमेरिकी डलर र सम्मानपत्र रहेको छ ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व साहित्यकार गंगा लिगल, गीता कार्की, शकुन ज्ञवाली, शारदा पौडेल, पत्रकार विमला भण्डारी, समाजसेवी विना बर्मालगायतले मन्तव्य राखेका थिए ।