काठमाडौँ २ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले आज शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुभएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।
सो अवसरमा दुई देशबीच रहँदै आएको आपसी हित, मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुहुथ्यो ।