भदौ १५, २०७८ मंगलबार

अभिनेता दयाहाङ राई नेपाल-युरोपियनफिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।

‘लोकप्रियकलाकार/अभिनेता दयाहाङ राई नेपाल-इयु चलचित्रमहोत्सव (नियुफ्) का लागि (ब्राण्ड) एम्बेस्डर अथवादूतहुनु भएको सूचित गर्न पाउँदा हामी गर्वित छौं । उहाँले चलचित्र महोत्सव अवधिभर नै हाम्रा विभिन्न संस्कृतिहरुबीचको (सजीव) सम्वाद तथा विश्वका लागि हाम्रो परिकल्पनाहरुलाई पूणर्रुपमा साकार तुल्याउनका लागि हामीसँग मिलेर काम गर्नु हुनेछ । यस चलचित्रले युरोपेली र नेपालीचलचित्रहरु तथा पर्यावरणीय चुनौती तथा जलवायु परिवर्तनसँग सम्बन्धित यस क्षेत्रका चलचित्रहरुलाई तपाईंहरू सामुल्याउने छ,’ डेलिगेसनले जनाएको छ ।

दयाहाङ राईले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले महामारीका कारण फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भएपनिहुने फेस्टिभलले फिल्मकर्मीमा उर्जा सञ्चार गर्ने बताए । ‘महामारीले फिल्मकागतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्मपनि समावेश हुने रैछन्, यसले झनै उत्साहित तुल्याएको छ,’ उनले भने, ‘ यो फेस्टिभल आफैंमा साँस्कृतिकआदानप्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ ।’

नेपाल युरोपियनफिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्णअन्तक्र्रिया र गोष्ठिहरूपनि सञ्चालन हुनेछन् ।

यसैगरी डेलिगेसनले युरोपियन युनियनको साइटमा लग इन गरेर चलचित्रमार्फत युरोप र नेपालको सांस्कृतिकमिलनलाई हेर्न तथात्यसको आनन्दलिन सकिने पनिजनाएको छ । ‘फेस्टिभलको साइटमा लग इन गरे पछि सजिलोसँग चलचित्रमा समावेश भएकाचलचित्र सजिलोसँग हेर्न सकिन्छ । हाम्रा सामाजिक सञ्जालबाट महोत्सवको साइटको ठेगाना चाँडै नै प्राप्त गर्न सक्नु हुने छ’, डेलिगेसनले जनाएको छ । चलचित्रहरू नि:शुल्क हेर्न सकिन्छ ।