जेठ ११, २०८२ आइतबार

तेह्रथुम, ११ जेठः किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला कार्यसमिति अध्यक्षमा लोकबहादुर सिङ्गक निर्वाचित हुुनभएको छ । शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

    समितिको उपाध्यक्षमा बलदेब तुम्बाहाङफे र कल्पना सम्बाहाङफे, सचिवमा राजकुमार तेयुङ तरेबा, सहसचिवमा सुविन्द्र थेगुवा र नारान आङलाबाङ, कोषाध्यक्षमा राजकुमारी लिम्बू चयन हुनुभएको छ । सदस्यमा रेवत सावादेन, पार्वती तेयुङ, रितुराज थेगुवा, याम लिम्बू, नीरकुमार लिम्बू, अरुना सिङ्गक, महोन सिङ्गक र करिना थलङ चयन हुनुभएको छ ।
 
    अधिवेशनको उद्घाटन प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका सङ्घीय उपाध्यक्ष कमला फोम्बोले गर्नुभएको थियो । सो अवसरमा किरात याक्थुङ चुम्लुङ तेह्रथुमले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधि समेटिएको स्मारिका पनि विमोचन गरिएको निवर्तमान अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताउनुभयो ।