भदौ १६, २०७८ बुधबार

तनहुँ, भदौ १६ गते । तनहुँका विद्यालयमा भौतिक रूपमै उपस्थित भएर सञ्चालन भएका छन् । स्थानीय तहले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न पाउने भएपछि जिल्ला भित्रका अधिकांश विद्यालय खुलेका हुन् ।

नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको अवधारणा अनुरुप सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।