जेठ १५, २०८२ बिहिबार

गण्डकी, १५ जेठः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अठारौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना  व्यक्त गनुभएको छ । 

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन यो दिवसबाट सबैमा प्रेरणा  मिलोस् भन्ने कामना गर्नुुभएको छ ।

सन्देशमा उहाँले सङ्घ, प्रदेश र स्थानीय  सरकार मिलेर सामाजिक न्याय, समावेशिता, सुशासन र विकासका निम्ति काम गर्नुपर्नेमा जोड दिनुभएको छ । “गणतन्त्रले हामी सबैलाई अधिकार मात्र दिएको छैन, कर्तव्यबोध पनि गराएको छ । जनतामाथि आधारित शासन प्रणालीमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । देश र प्रदेशको समुन्नतिका लागि हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ”, सन्देशमा भनिएको छ ।