जेठ १९, २०८२ सोमबार

काठमाडौँ, १९ जेठ ः नेकपा(एमाले) संसदीय दलको बैठक आज दिउँसो  बस्नेभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको लोत्से हलमा  दिउँसो  बस्ने बैठकमा संसदमा यही जेठ १५ गते प्रस्तुत बजेट र सासामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेशकुमार बर्ताैलाले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा आजको परिस्थितिमा बजेट केकस्तो आउनु पथ्र्याे, कस्तो आयो भन्ने विषयमा विभिन्न पाटोबाट गहन छलफल र मन्थन गरिने उहाँले जानकारी दिनुभयो ।   त्यसबारे उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले विश्लेषणात्मक जानकारी गराउनुहुनेछ ।–––