जेठ २१, २०८२ बुधबार

    सियोल, २१ जेठ: चीनका राष्ट्रपति सी चिनफिङले बुधबार लीलाई बधाई दिँदै ‘चीन–दक्षिण कोरिया सम्बन्धको विकासका लागि ठूलो महत्व’ मा जोड दिनुभएको छ ।     
     
चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “चिनियाँ पक्ष दक्षिण कोरियाली पक्षसँग काम गर्न इच्छुक छ । नवनियुक्त दक्षिण कोरियाली राष्ट्रपति लीले असल छिमेकी मित्रताको दिशालाई दृढतापूर्वक कायम राख्नुहुनेछ पारस्परिक लाभ र जीतको लक्ष्यमा अडिग रहनुहुनेछ।”     
     
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सियोलसँगको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताउनुभएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।     
     
उहाँले दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएकोमा ली जे–म्युङलाई बधाई दिँदै भारत–दक्षिण कोरियाको ‘विशेष रणनीतिक साझेदारी’ लाई ‘विस्तार र सुदृढ’ बनाउन उहाँसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गर्नुभएको छ ।     
     
उहाँले लेख्नुभएको छ, “ली जे–म्युङलाई गणतन्त्र कोरियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई । हामी भारत–दक्षिण कोरिया विशेष रणनीतिक साझेदारीलाई थप विस्तार र सुदृढ गर्न सँगै काम गर्न उत्सुक छौँ।”     
     
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पनि नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति लीलाई बधाइ दिँदै सियोल र टोकियोबीच सहकार्यलाई ऊर्जा प्रदान गर्न चाहेको बताउनुभएको छ ।     
     
त्यसैगरी, ट्रम्पका उच्च कूटनीतिज्ञ मार्को रुबियोले अमेरिकी विदेशमन्त्रीले ‘साझा मूल्य मान्यता र गहिरो आर्थिक सम्बन्ध’को हवाला दिँदै सियोलसँग वासिङ्टनको ‘फलामे (मजबुत) गठबन्धन’ रहेको बताउनुभएको छ ।     
     
यसअघि ह्वाइट हाउसद्वारा विज्ञप्तिमा निर्वाचनलाई ‘स्वतन्त्र र निष्पक्ष’ भनिएको थियो । विज्ञप्तिमा संयुक्त राज्य अमेरिका विश्वभरका लोकतन्त्रहरूमा चिनियाँ हस्तक्षेप र प्रभावप्रति चिन्तित रहेको र यसको विरोधमा रहेको पनि उल्लेख गरिएको छ ।