छिमेकी मुलुक भारतमा एकैदिन १ करोढ ३३ लाख १८ हजार ७ सय १८ जनामा खोप प्रदान गरिएको छ । कोरोना माहामारीका बीच प्रदान गरिएको खोप सँख्या मध्ये यो सबैभन्दा उच्च खोप सँख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको अस्थायी प्रतिवेदनअनुसार अघिल्लो २४ घण्टामा १ करोड ३३ लाख १८ हजार ७ सय १८ खोप प्रदान गरिएको छ । पाँच दिनमा दोस्रोपटक भारतमा १ करोडभन्दा बढी खोप प्रदान गरिएको हो।
हालसम्म भारतमा ६५ करोड ४१ लाख १३ हजार ५ सय ८ खोप प्रदान गरिएको छ । त्यस्तै, बितेको २४ घण्टामा ३३ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म ३ करोड १९ लाख ९३ हजार ६ सय ४४ जना डिस्चार्ज भएर घर फर्किएका छन् । यसका साथै भारतको संक्रमण मुक्त दर ९७ दशमलव ५१ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४१ हजार ९ सय ६५ जना कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा हाल संक्रिय संक्रमित संख्या हाल ३ लाख ७८ हजार १ सय ८१ रहेको छ।