जेठ २३, २०८२ शुक्रबार

डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । 

बिहीबार राति डाकाको एक समूहले  कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिनुभयो ।  डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते हुनुभएको छ । 

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।