मस्को, २५ जेठ: रुसले युक्रेन आक्रमणको तीन वर्षमा पहिलो पटक पूर्वी निप्रोपेत्रोभ्स्क क्षेत्रमा प्रवेश गर्न लागेको आइतबार जनाएको छ ।
मस्कोले युक्रेनका पाँच वटा क्षेत्र आफ्नो कब्जामा लिएको दाबी गरे पनि निप्रोपेत्रोभ्स्कमाथि औपचारिक दाबी गरेको छैन ।
रक्षा मन्त्रालयले भनेको छ, “एक ट्याङ्क युनिटका सेनाहरू डोनेट्स्क पिपुल्स रिपब्लिकको पश्चिमी सीमामा पुगिसकेका छन् र निप्रोपेत्रोभ्स्क क्षेत्रमा आक्रमण जारी राखेका छन्।
युक्रेनको अर्को क्षेत्रमा रुसी सेनाको प्रवेश युद्धभूमिमा महिनौंदेखिको असफलताका कारण किएभका सेनाका लागि साङ्केतिक र रणनीतिक प्रहार दुवै हो ।
रुसको उक्त वक्तव्यबारे युक्रेनले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।
क्रेमलिन समर्थित पृथकतावादी र रुसी सेनासँगको एक दशकभन्दा लामो द्वन्द्वमा युक्रेनले अहिलेसम्म मध्य क्षेत्रको भूभागमा लडाइँ गर्नुपरेको छैन ।
निप्रोपेत्रोभ्स्क युक्रेनको लागि एक महत्वपूर्ण खानि र औद्योगिक केन्द्र हो र यस क्षेत्रमा गहिरो रूसी प्रगतिले किएभको सङ्घर्षरत सेना र अर्थव्यवस्थाको लागि गम्भीर प्रभाव पार्न सक्छ ।
रुसले आक्रमण सुरु गर्नुअघि यसको जनसङ्ख्या करिब ३० लाख रहेको अनुमान गरिएको छ । क्षेत्रीय राजधानी, निप्रोमा लगभग १० लाख मानिसहरू बस्छन् ।
युक्रेनी सेनाका जवानले यसअघि एएफपीसँग किएभको सेनाले रक्षात्मक स्थानको रूपमा प्रयोग गर्न सक्ने प्राकृतिक अवरोध वा गाउँहरू कम भएकाले रूसले धेरै समतल क्षेत्रमा अपेक्षाकृत छिटो प्रगति गर्न सक्छ ।