जेठ २६, २०८२ सोमबार

    नयाँदिल्ली, २६ जेठ: भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण (आइइडी) विष्फोट हुँदा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणमा उहाँसँगै रहेका अन्य केही सुरक्षाकर्मी पनि घाइते भएका छन् ।     
     
छत्तीसगढको राजधानी रायपुरबाट करिब ४११ किलोमिटर दक्षिणमा पर्ने सुकमा जिल्लाको डोन्द्रा गाउँको कोन्टा–एराबोर सडकमा विस्फोट भएको हो ।     
     
घाइतेहरूलाई तुरुन्तै कोन्टाको सबैभन्दा नजिकको स्वास्थ्य केन्द्रमा लगिएको थियो।     
     
अधिकारीहरूले उक्त क्षेत्रमा थप फौज तैनाथ गरेका छन् र आक्रमणमा संलग्न रहेको आशंका गरिएका नक्सलवादीहरूको खोजी कार्य सुरु गरेका छन्।     
     
भारतको सङ्घीय सरकारले सन् २०२६ मार्च ३१ अगावै नक्सलवादीहरूको उन्मूलन गर्ने सङ्कल्पसहित विद्रोहीविरूद्धको आक्रमणलाई सशक्त पारेको छ । हाल भारतको मध्य र पूर्वी क्षेत्रमा नक्सलवादीहरू सक्रिय छन् ।