असार ११, २०८२ बुधबार

काठमाडौँ, ११ असारः ओपनर बेन डकेटले दोस्रो इनिङमा शतक पूरा गरेपछि पहिलो टेस्टमा इङ्ग्ल्याण्डले भारतलाई ५ विकेटले पराजित भएको छ। 

सन् २०२७ सम्म संचालन हुने वर्ल्ड टेस्ट च्यापियन्ससिप अन्तर्गत जारी ५ टेस्ट सिरिजमा घरेलु टोलीले १–० ले अग्रता बनाएको हो।

३ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले पाँचौं तथा अन्तिम दिन मंगलवार १४ ओभर बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्यो।

इङ्ग्ल्याण्डका ओपनर डकेटले १ सय ४९ रनको महत्वपूर्ण इनिङ खेले। पहिलो विकेटका लागि डकेटले र ज्याक क्रलीले १ सय ८८ रनको साझेदारी गरे। क्रलीले ६५ रन बनाए।

ओली पोप ८ रनमा आउट भए। तेस्रो विकेटका लागि डकेटले जो रुटसँग ४७ रनको साझेदारी गरे। रुट ५३ रनमा अविजित रहे।

कप्तान बेन स्टोक्स र रुटले पाँचौं विकेटका लागि ४९ रनको साझेदारी गरे। कप्तान स्टोक्स ३३ रन जोडे। रुसले विकेट किपर जेमी स्मिथले छैठौं विकेटका लागि ७१ रनको साझेदारी गरे। स्मिथ ४४ रनमा अविजित रहे।

भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिए।

पहिलो इनिङमा ६ रनको अग्रता लिएको भारतले दोस्रो इनिङमा ३ सय ६४ रन जोडेपछि घरेलु टोलीले ३ सय ७१ रनको विशाल लक्ष्य पाएको थियो।

दोस्रो इनिङमा भारतका लागि ऋषभ पन्त र केएल राहुलले शतक बनाएका थिए। पहिलो इनिङमा इङ्ग्ल्याण्डले ४ सय ६५ रन जोडेको थियो।

त्यसअघि भारतले पहिलो इनिङमा पहिला कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो।

दोस्रो टेस्ट असार १८ गते (जुलाई २) मा सुरु हुनेछ।