असार ११, २०८२ बुधबार

काठमाडौँ, ११ असारः फिफा क्लब विश्वकपमा समूह सी र डीका खेल सकिएका छन्। 

आज बिहान भएको समूह डी अन्तरगतका खेलमा चेल्सीले स्पोर्टिभ ट्युनिसलाई २-० गोलले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ। समूह डीको टोली चेल्सी समूह उपविजेता बन्यो। तीन मध्ये २ खेलमा जित निकालेको चेल्सी ६ अंकका साथ समूहको उपविजेता बनेको हो। 

आजै भएको अर्को खेलमा ब्राजिलियन क्लब फ्लेमिङ्गोले अमेरिकन क्लब लस एन्जल्समाथि एक-एकको बराबरी खेल्दै तालिकाको शीर्ष स्थानमा रहँदै प्रि-क्वाटरफाइनलमा प्रवेश गर्‍यो। 

फ्लेमिङ्गोले समूह सीको उपविजेता बायर्नसँग खेल्दा चेल्सीले बेफिन्का प्रतिद्वन्द्वी पाएको छ।  गएराति भएको खेलमा बेफिन्कासँग बायर्न १–० ले पराजित भएको थियो।