असार २०, २०८२ शुक्रबार

कास्की, २० असारः पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएको छ । महानगरको रु चार करोड ६४ लाख लागतमा चारतले भवन निर्माण भएको हो । 

वडाध्यक्ष विष्णुप्रसाद बरालका अनुसार भवन निर्माण गर्न रु सात करोड २६ लाख ६४ हजार ६२३ लाग्ने अनुमान गरिएकामा रु चार करोड ८४ लाखमा निर्माण सम्झौता हो । 

यसैबीच, पोखरा महानगरका  प्रमुख धनराज आचार्यले महानगरका ३३ वटा वडामध्ये अब दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको बताउनुभयो ।