असार २१, २०८२ शनिबार

रामपुर (पाल्पा), २० असारः पाल्पाको रामपुरमा बसोबास गर्ने अपाङ्गता भएका नागरिकलाई सहायता सामग्री उपलब्ध गराइएको छ । रामपुर नगरपालिकाले यहाँका ५९ जना अपाङ्गता भएकालाई विभिन्न सहायता सामग्री प्रदान गरेको हो । 

    नगरपालिकाले उहाँहरुलाई पाँच वटा ह्विलचियर, १० थान वैशाखी, ३४ थान लौरी, सात थान चस्मा, तीन वटा एयरफोन हस्तान्तरण गरिएको अपाङ्गता क्षेत्र संरक्षण समिति संयोजक जगन्नाथ कँडेलले जानकारी दिनुभयो । 

    अपाङ्गता भएका नागरिकको जीवनयापनमा थप सहजता प्रदान गर्न उनीहरुको माग र आवश्यताअनुसार नगरपालिकाबाट सहायता सामग्री वितरणका लागि विनियोजन रु दुई लाख रकमबाट विभिन्न सामग्री प्रदान गरिएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

    नगरपालिकाले दशवटै वडाका नागरिकलाई समेटेर सामग्री प्रदान गरेको छ । अपाङ्गता भएकाले अन्यलाई आगामी वर्षमा सामग्री वितरण गरिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।