काठमाडौँ, २१ असारः ‘प्रभाका चम्किला ताराहरू’ नामक जीवनी लोकार्पण गरिएको छ । प्रभा एलुम्नाई एसोसिएसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा प्रेमनारायण अर्यालले सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।
पुस्तकमा काभ्रेपलाञ्चोक जिल्लास्थित चौँरीदेउराली गाउँपालिका–६ कात्तिकेदेउरालीमा अवस्थित प्रभा माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी स्वदेशी तथा विदेशका विश्वविद्यालयबाट विद्यावारीधि उपाधि हासिल गर्नुभएका आठ जनाको सङ्घर्ष र सफलताका कथा समेटिएका छन् ।
प्रभा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुखद्वय बलराम कोइराला र चुडाप्रसाद चौलागाईं, प्रभा माध्यमिक विद्यालयबाट पहिलो पटक प्रवेशिका परीक्षामा सहभागी भएका विद्यार्थी लोकनाथ गौतम र विजयराज गिरी, डा सीता सुवेदी, डा टङ्कप्रसाद गौतम, डा दिलीपकुमार गौतम, डा रवीन्द्रराज गिरी, डा नारायणप्रसाद चौलागार्इं, डा सङ्ग्रामसिंह लामा, डा खड्गमान श्रेष्ठ, डा नवराज गौतम र डा ङेमादोर्जे लामालाई सम्मान गरिएको थियो ।