धरान (सुनसरी), २१ असार: रक्त क्यान्सरपीडित तीन वर्षीय निश्चल आचार्यको उपचारका लागि लायन्स क्लबले रु एक लाख ५१ हजार सहयोग गरेको छ ।
आज इटहरी उपमहानगरपालिका–५ स्थित लायन्स सामुदायिक भवनमा आयोजित एक कार्यक्रमका बीच सहयोग रकम निश्चलको परिवारलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक भोजराज दाहालले जानकारी दिनुभयो ।
इटहरी उपमहानगरपालिका–५ निवासी निश्चल विगत पाँच महिनादेखि रक्त क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँको हाल काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।–