भदौ २३, २०७८ बुधबार

हेटौँडा, भदौ २३ गते । बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारि गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउन लागेकी हुन् ।

प्रदेश सभामा हाल कायम रहेको १०९ जना सदस्यमा एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५५ जना प्रदेश सभा सदस्य रहेका थिए । तर एमाले विभाजन भएर १३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेपछि एमालेमा ४२ जना प्रदेश सभा सदस्य रहेका छन् । १३ जनाले एकीकृत समाजवादी रोज्दै सनाखत गरेपछि एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । बहुमतको एकल सरकार गठनका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ ।