काठमाडौँ, २६ साउनः गतवर्षदेखि सुरु गरिएको ‘पब्लिक स्पिच नेपाल, २०८२’ यसवर्ष पनि हुने भएको छ ।
युवाहरुको वक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्नेलगायतका उद्देश्यले बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रव्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो ।
सो संस्थाका अनुसार, पब्लिक स्पिच नेपाल तीन चरणमा हुनेछ । अडिसन, सेमिफाइनल र फाइनल चरणमा हुने उक्त प्रतियोगिताका लागि देशभरबाट इच्छुकहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागीले आगामी भदौ १० गते भित्र नाम दर्ता गर्नुपर्ने र १३ गते भित्र सार्वजनिक वक्तव्यको श्रव्यदृश्य उपलब्ध गराउनु पर्ने जनाइएको छ । फाइनल २९ गते हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीले क्रमशः नगद रु ५०, ३० र २० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।