साउन २७, २०८२ मंगलबार

काठमाडौँ, २७ साउनः ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ राष्ट्रियसभामा पेस गरिएको छ । 

सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विधेयक सभामा पेस गर्नुभएको हो । 

    त्यसअघि विधेयकमाथि विरोधको सूचना राख्नुभएका सभा सदस्य वामदेव गौतम र भुवनबहादुर सुनारले विरोध सूचना फिर्ता लिएपछि मन्त्री पाण्डेले विधेयक सभासमक्ष पेस गर्नुभयो ।  

    सोही अवसरमा मन्त्री पाण्डेले भन्नुभयो, “भौतिक र अभौतिक रूपमा विज्ञान वा संस्कृतिको कुरा मानव विकास क्रममा छलफल गर्दै आएका विषय हुन् । हाम्रो परम्परा, रहनसहनमा संस्कृति मिसिएको छ, अभौतिकता मिसिएको छ, तर त्यो देखिँदैन । यस्ता वस्तुको संरक्षणका लागि पनि  विधेयक ल्याउनु परेको हो ।”