साउन २७, २०८२ मंगलबार

बाग्मती, २७ साउनः बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलसँग विश्वासको माग्नु भएको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्रमार्फत उहाँले विश्वासको मत माग्नु भएको हो । 

प्रदेशको समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले प्रदेश सरकारको नेतृत्व गर्न लागेकाले विश्वासको मत दिन मुख्यमन्त्री बानियाँले सबैलाई आग्रह गर्नुभएको छ । 

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।