साउन २८, २०८२ बुधबार

काठमाडौँ, २८ साउनः  नेपाली काङ्ग्रेसको पुर्व पार्टी सभापती स्व. सुशील कोईरालाज्युको आज ८६ औं जन्मजयन्तिमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले श्रद्धासुमन व्यक्त गरेका छन ।स्व. सुशील कोइरालाको १९९६ साल श्रावण २८ गते बिराट्नगरमा जन्म भएको थियो भने उहाको मृत्यु २०७२ साल माघ २६ गते महाराजगन्जमा भएको थ्यो ।

स्व. कोइराला २०७० मंसिर ४ को दोश्रो संविधानसभाको निर्वाचन पश्चात्  देशको नेतृत्वमा पुगेका थिए ।स्व. कोइराला एक सादगी सन्त नेताको रुपमा नेपाली राजिनितिमा स्थापित भएका थिए ।
अध्यक्ष गुरुङले स्व. कोइरालालाई श्रद्धा सुमन अर्पण गर्दै आफ्नो सामाजिक सन्जालमा लेखेका छन "उहाकै नेतृत्वमा २०७२ साल असोज ३ गते नेपालको  संविधान जारिभएको थियो त्यसैले उहाँलाई संविधानको पिता पनि भनिन्छ ।"

स्व. कोइरालाको  निष्ठा ,त्याग र सादगिपनको अनुसरण गर्दै हरेक तरुण युवाहरुले  राष्ट्र उत्थानको निम्ति आफुलाई उभ्याउनु पर्छ भनी अध्यक्ष गुरुङले भनेका छन ।
नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले स्व.  कोइरालाले देख्नुभएको राष्ट्र  हितको सपना पूरा गर्न सम्पुर्ण  तरुणहरुलाई प्रेरणा मिलोस भनी संविधानको पिता स्व. कोइराला प्रती भावपुर्ण श्रद्धा सुमन प्रकट गरेका छन ।