साउन ३१, २०८२ शनिबार

नवलपरासी,३१ साउनः  सुस्ता गाउँपालिका–४ मा रु पाँच करोड खर्चेर निर्माण गरिएको  शीतभण्डार प्रयोगविहीन छ । लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो । 

सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले हाल शीतभण्डार पूर्ण क्षमतामा उपयोग नभएको बताउनुभयो । केही किसान र व्यापारीका फलफूल शीतभण्डारमा राखिएको जानकारी उहाँले दिनुभयो । चारवर्षअघि निर्मित यो शीतभण्डारमा बाह्रैमहिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ ।