काठमाडौँ, २ भदौ : नेपाली गीत सङ्गीतमा ‘-याप’ ले छुट्टै स्थान बनाइसकेको छ । भनिन्छ, ‘-यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।’
लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता -यापतर्फ उत्तिकै आकर्षित छन् । -यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । -यापले आफ्नो भोगाई र समाजको देखाई व्यक्त गर्ने -यापरहरु बताउँछन् ।
पछिल्लो समय नेपाली -याप र -यापरको चर्चा अन्तरराष्ट्रिय स्तरमा हुन थालेको छ । विदेशी -यापरले नेपाली -यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षणबारे अनुमान गर्न सकिन्छ । सीमित समूहमा रहेको -यापको चर्चा अहिले अन्तरराष्ट्रियस्तरसम्म पुगेको छ । पछिल्लो समय -यापको सुनौलो युग आएको -यापर गिरिश खतिवडा बताउनुहुन्छ ।
“हामी कलाकारका लागि -याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । -यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई -यापमार्फत चिन्ने गरेको छु”, -यापर खतिवडाले भन्नुभयो ।
उहाँले ¥यापलाई मनको कुरा भन्ने माध्यमको रुपमा बुझ्नुभएको छ । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्नसकिने माध्यम -याप रहेको उहाँको बुझाइ छ ।
अर्का ¥यापर मानस घलेले नयाँ पुस्तामा -यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुट्टै स्थान बनाउन सफल भएको बताउनुभयो । “हामीले -यापलाई नेपालभर लग्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तरराष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो स्रोता बन्नुभएको छ । अहिले -याप गाएरै जीविकोपार्जन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
¥यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले -यापर बालेनलाई प्रमुखको रुपमा पाएको उहाँले बताउनुभयो । पछिल्लो समय नवोदितसँगै पुराना ¥यापरको माग स्टेज कार्यक्रममा बढ्दो छ । नेपाल मात्र नभई विदेशमा उत्तिकै लोकप्रिय छन्, -यापर । यद्यपि -यापलाई बदनाम गर्नेको कमी नरहेको -यापर हाकिमले बताउनुभयो ।
“-याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, त्यसकारण हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ । तर, यो भन्दैमा अश्लिलतालाई प्रवर्द्धन गरेका भने होइनौँ । जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र -याप बनाउने गरेका छन्, ती चर्चाका लागि मात्र आएका हुन् । किनकि -यापमा बेदना, भोगाइ र बुझाइ हुन्छ”, हाकिमको भनाइ छ ।
अहिले -यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको कुरा रहा पनि -यापरले परिवेश र भविष्य हेर्ने भन्दा आफ्नो भावना व्यक्त गर्ने -यापर खतिवडा बताउनुहुन्छ । “हामीले -याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला, वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने होइन । -यापले मलाई खुसी र सन्तुष्टि दिएको छ, त्यही भएर म अहिलेसम्म सक्रिय छु”, उहाँले भन्नुभयो ।
उहाँले -यापमा आएको परिवर्तन र नयाँपुस्ताको भोगाईलाई आफूले गीतमार्फत थाहा पाउने बताउनुभयो । यसका लागि उहाँ नयाँ -याप सुन्नुहुन्छ । अर्का -यापर घलेले अहिले विभिन्न रियालिटी शोहरू निर्माण भइरहेकाले -यापमा भविष्य खोज्नेलाई सहज भएको बताउनुभयो ।
-यापर हाकिमले ‘जी–बब’ जस्ता -यापर ‘रियालिटी शो’ मार्फत आएको बताउनुभयो । उहाँसहितको टिमले विभिन्न शो गर्ने गरेको छ । “अहिले नेपाल मात्र नभई विदेशमा हुने कार्यक्रममा सहभागिता जनाउन सके -यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले -यापलाई लिएर सामाजिक धारणा फेरिएको छ”, -यापर हाकिमले भन्नुभयो, “अहिले बढिरहेको लोकप्रियताले -याप नबुझी लोकप्रियताका लागि मात्र आउनेलाई यहाँ टिक्न दिँदैन ।”
उहाँको ‘राक्षस’, ‘चोरी देउ लौन मलाई’लगायतका -याप लोकप्रिय छन् । -यापमा भविष्य खोजिरहेका युवाहरुको जमात दिनदिनै बढ्दो छ ।